
गुल्सनले दिलाए नेपाललाई तेस्रो सफलता
काठमाडौंं – नेपालले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा ओमानको तेस्रो विकेट लिएको छ।
नेपालका लागि गुल्सन झाले ओमानका विस्फोटक ब्याटसम्यान प्रतिक अथिभालेको विकेट लिएका हुन् । उनी १८ बलमा २४ रन बनाउँदै रोहित पौडेलको क्याचबाट आउट भएका हुन् ।
त्यसअघि सोमपाल कामी र करण केसीले ओमानको विकेट लिएका थिए ।
त्यसअघि करण केसीले नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
अहिले ओमान ५ ओभरमा ३ विकेटको क्षतिमा ३७ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
