च्यासलमा एमालेको चियापन सुरु


काठमाडौं – नेकपा (एमाले) ले हिन्दुको महानचाड वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

एमालेले पाहुनाहरूलाई केरा, लड्डु, निम्की र कटलेटको व्यवस्था गरेको छ।

चियापान कार्यक्रमममा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, विभिन्न राजनीतिक दलका प्रमुख, नेता, संवैधानिक निकायका प्रमुख, राजदूत, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी, सञ्चारकर्मी लगायतलाई आमन्त्रण गरिएको छ ।

एमालेले कात्तिक १४ गते चियापान कार्यक्रम आयोजना गर्ने बताएको थियो । तर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै एमालेले आज चियापान कार्यक्रम आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया