
न्युयोर्क फर्किए गुटेरेस
काठमाडौं – नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँएका छन् ।
नेपालको चारदिने भ्रमणको सिलसिलामा आइतबार बिहान काठमाडौं आइपुगेका महासचिव गुटेरेस आज न्युयोर्क फर्केका हुन् ।
उनलाई बिदाइ गर्न रक्षामन्त्री पूर्णबहादुर खड्का विमानस्थलमा पुगेका थिए । उनको बिदाइमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
त्यसअघि उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दलका नेतालगायत उच्च राजनीतिक भेटवार्ता गरेका थिए । नेपाल बसाइका क्रममा महासचिव एन्टोनियो गुटेरेसले अन्नपूर्ण आधारसिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका छन् ।




कागजपत्र |
