नेपाललाई १४६ रनको लक्ष्य


काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले जितका लागि सिंगापुरविरूद्ध १४६ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि अविनाश बोहराले ३ विकेट हात पारे भने, करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २–२ विकेट लिएका छन् ।

प्रतिक्रिया