विश्वकप क्रिकेटः नेदरल्याण्डसँग दक्षिण अफ्रिका पराजित


काठमाडौं – आइसीसी क्रिकेट विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो। नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछाएको खेलमा दक्षिण अफ्रिका ४२दशमलव ५ ओभरमा अल आउट हुदै २०७ रन मात्र बनाउन सक्यो। जारी विश्वकपमा नेदरल्याण्ड्सको यो पहिलो जित हो।

नेदरल्याण्डसले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउदै २४५ रन बनाएको थियो । बर्षाले प्रभावित भएपछि यो खेल ४३ ओभर खेलाइएको थियो।

यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन ईङल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

यस अघि लागातार दुई खेलमा हार बेहोरेको नेदरल्याण्डसको यो यस विश्वकपमा पहिलो जित हो। यो जितपछि नेदरल्याण्डसको ३ खेलमा २ अंक भएको छ। त्यसैगरी दक्षिण अफ्रिकाको ३ खेलमा ४ अंक रहेको छ।

 

प्रतिक्रिया