सुनचाँदीको मूल्य स्थिर


काठमाडौं – स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको हो ।

गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा नै कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया