बहराइनविरुद्ध ७८ रनको लक्ष्यसहित नेपाल ब्याटिङमा, सुरुवातमै ब्यहोर्यो  २ झट्का


काठमाडौं — एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको सामान्य लक्ष्य दिएको छ ।

नेपालका लागि दिपेश कँडेल र दुर्गेश गुप्ताले बहराइनको ब्याटिङ लाइन ध्वस्त बनाएका थिए ।  टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै बनाउन सक्यो ।

७८ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नेपालले पहिलो ओभरमा नै २ विकेट गुमाइसकेको छ । नेपालले दीपक बोहोरा र उत्तम थापालाइ पहिलो ओभरमै गुमाएको छ ।

नेपालका लागि दिपेश कँडेलले ६ र दुर्गेश गुप्ताले चार विकेट लिए । ९ दशमलव ५ ओभर बलिङ गरेका दिपेशले मात्र ४ रन खर्चिए । ८ ओभर बलिङ गरेका दुर्गेशले २२ रन दिए ।

बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । नेपालले १७ रन एक्स्ट्रा दिएको थियो ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया