देशभर थप चार जनाको मृत्यु, हालसम्म मृतक संख्या २७७१ पुग्यो


काठमाडौं – गत २४ घन्टामा नेपालमा ११२  जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ९८४ पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा ४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा ५४ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।

पछिल्ला दिनमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन घट्दै गइरहेको नेपालमा हालसम्म २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परिक्षण गरिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा आईसोलेसनमा ९३६  रहेका छन् भने ७१ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया