कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, शपथ आईतबार


विराटनगर – कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आइतबार दिउँसो १ बजे हुने जनाएको छ ।

मुख्यमन्त्रीका लागि गठबन्धनको तर्फबाट माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि दाबी पेस गरेका थिए । यद्यपि अन्तिम समयमा उनले आफ्नो दाबी कमजोर रहेको र शीर्ष नेताबिच छलफल जारी रहेको हुँदा सनाखत तत्काल नगराउने बताएका थिए ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

May be an image of ‎text that says '‎नेपाल सरकार परशुराम खापुष्न प्रदेश प्रमुख कोशी प्रदेश, विराटनगर मिति: २०६०/६/२७ विषय: मुख्यमन्त्री पदमा नियुक्ति। श्री केदार कार्की, माननीय सदस्य, कोशी प्रदेश सभा, कोशी प्रदेश, विराटनगर। नेपालको संविधानको धारा १६5 को उपधारा (火) बमोजिम तपाईलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु मुख्यमन्त्री पदमा नियुत्त हुनुभएकोमा हार्दिक बघाईसहित कार्यकालको सफलताको कामना गार्दकु Αደ परशुराम खापुत्र प्रदेश प्रमुख परशुराज وک प्रेस एमज‎'‎

प्रतिक्रिया