इजरायलको चेतावनीपछि प्यालेस्टाइनीले छोड्न थाले उत्तरी गाजा
काठमाडौं – प्यालेस्टाइनीहरुले उत्तरी गाजा छोड्नेक्रम शुरु गरेका छन् । इजरायलले गाजाको उत्तरी क्षेत्रमा रहेका प्यालेस्टाइनी नागरिकलाई दक्षिणी गाजा क्षेत्रमा जान दिएको चेतावनीपछि अहिलेधेरै जसो प्यालेस्टाइनीहरु गाजाको उत्तरी भागबाट दक्षिणतस्र्फ़ जान शुरु गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार इजरायलले २४ घण्टाभित्र उत्तरी गाजाको बेइट हनोउन र गाजा सिटी खालि गर्न चेतावनी दिएको थियो । इजरायलले हमास समुहले यहि दुई ठाउबाट धेरै जसो रकेट प्रहार गरेपछि सो क्षेत्र खाली गराएर जमिनी कारवाहीको तयारी गरेको बताइएको छ ।
तर इजरायलको यस्तो चेतावनीपछि अन्तराष्ट्रिय समुदायले भने चिन्ता प्रकट गरेका छन् । गाजाकोबेइट हनोउन र गाजा सिटीमा करिब ११ लाख मानिस बसोबास गर्ने र २४ घण्टामा यति धेरैलाई खाली गराउन सम्भव नरहेको बताइएको छ । तर पनि इजरायलको चेतावनी पछि सो क्षेत्रका मानिसहरु दक्षिणतर्फ लागेका छन् ।
धेरै जसो हिडेर र केहि सवारी साधनमा दक्षिणी गाजातर्फ लागेको मिडिया रिपोर्टमा बताइएको छ । विश्वकै बढी जनघनत्व भएको ठाउ गाजामा इजरायलले अहिले रकेट आक्रमण गरिरहेको र अब छिट्टै जमिनबाट पनि आक्रमणको तयारी गरेको बताइरहेको छ । इजरायलले अहिले गाजाको सीमामा आफ्ना तीन लाख रिजर्भ सेना तैनाथ गरिसकेको छ ।
यसैबीच हमास समुहले भने इजरायलको चेतावनीका बाबजुत आफ्नो घर नछोड्न आग्रह गरेको छ । इजरायलको आक्रमणबाट गाजामा अहिलेसम्म १७९९ जनाको मृत्यु भएको गाजाको प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै गाजामा अहिलेसम्म ७ हजार ३८८ जना घाइते भएका छन् ।