प्रतिनिधिसभा संसदको अर्को बैठक कात्तिक १२ गते बस्ने


काठमाडौं – संघीय संसद प्रतिनिधिसभाको अर्को बैठक कात्तिक १२ गते बस्ने भएको छ ।

आज (शुक्रबार) बसेको प्रतिनिधिसभाको बैठकपछि सभामुख देवराज घिमिरेले संसदको बैठक कात्तिक १२ गतेसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

बैठकमा विद्युत्सम्बन्धी विधेयक प्रस्तुत गरिएको थियो भने १० भन्दा बढी बैठकमा उपस्थित नहुने दुई सांसदको नामसमेत सार्वजनिक गरिएको थियो । १० बैठकभन्दा बढी बैठकमा अनुपस्थित हुनेमा सांसदद्वय मनोरमा शेरचन र दयालबहादुर शाही रहेको पनि सभामुख घिमिरेले जनाए ।

प्रतिक्रिया