

उद्धारका लागि आज राती ११ बजे इजरायल जाँदै नेपाल एयरलाइन्स

काठमाडौं — सरकारले इजरायलमा रहेका नेपालीको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयले जनाएको छ ।
इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।
उक्त जहाजमा इजरायलमा निधन भएका १० नेपालीको शव समेत ल्याइने जनाइएको छ ।

