भद्रपुरमा मृत अवस्थामा भेटियो जंगली हात्ती


झापा – झापाको भद्रपुरमा एउटा जंगली हात्ती मृत फेला परेको छ।

भद्रपुर २ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको हो ।

स्थानीयले हात्ती मृत देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट चिकित्सकको टोली आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया