

१९ औँ एसियाली खेलकुदः पदक विजेता खेलाडी स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत

काठमाडौं — चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदका पदकधारी खेलाडीहरूलाई विमानस्थल भव्य स्वागत गरिएको छ ।
दुई रजत र एक कांस्य पदक विजेता खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेको हो ।
आजै नगर परिक्रमाको कार्यक्रम भए पनि राष्ट्रिय शोकको कारण स्थगित गरिएको छ ।
उनीहरूलाई विशेष स्कर्टिङसहित राखेप कार्यालय लगिएको छ ।

