क्रिकेट टिम स्वदेश फर्कियाे, बाजासहित स्वागत


काठमाडौं- राष्ट्रिय क्रिकेट टिम आज बिहीबार स्वदेश फर्किएको छ । चीनमा जारी एसियन गेम्समा सहभागी भएर नेपाली टिम स्वदेश फर्किएको हो ।

नेपाली क्रिकेटलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ब्यान्ड बाजा सहित स्वागत गरिएको छ ।

एसियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरीएको थियो । कडा टक्करका बाबजुत नेपालले भारतको युवा टिमसँग हार ब्यहोरेको थियो ।

नेपालले समूह चरणमा भने अविश्वसनीय प्रर्दशन गर्यो । पहिलो खेलमा मंगोलियामाथि थुप्रै विश्व कीर्तिमान कायम गर्यो । दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले हरायो ।

मंगोलियाविरुद्ध दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले टी ट्वान्टी क्रिकेटमा विश्व कीर्तिमान बनाए भने नेपाली टिमले समेत कीर्तिमानी जित रचेको थियो ।

प्रतिक्रिया