

प्रतिकूल मौसमका कारण हवाई उडान ठप्प

काठमाडौँ – प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।
विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौँ-पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।
भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।
बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् । निरन्तरको झरीका कारण काठमाडौँदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।

