ओली समूहको स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक गृहकार्य गर्नुपर्ने भएको भन्दै स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिए । ‘आज बैठक नबस्ने भयो, एक(दुई दिनपछि बस्छ,’ थापाले भने ।

बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

गत पुस ५ गते सरकारले संसद् विघटन गरेपछि सर्वोच्चमा त्यस विरुद्ध १३ वटा रिट परेका थिए । सर्वोच्चले लामो बहसपछि मङ्गलवार ११ गते सरकारको संसद् विघटनको मुद्दा उल्ट्याइ संसद् पुनर्स्थापना गरेको थियो ।

प्रतिक्रिया