
स्टार खेलाडी बिमल घर्तीमगर अस्ट्रेलिया उडे
काठमाडौं – राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगर पनि अस्ट्रेलिया उडेका छन् ।
लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् ।
एन्फा एकेडेमीका उत्पादन उनले सन् २०१२ मा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए ।
उनी सुखद भविष्यको आशामा अस्ट्रेलिया गएको बताइएको छ । पछिल्लो समय नेपाली फुटबलर विदेशीने क्रम जारी छ ।



कागजपत्र |
