पर्यटन दिवस मनाउन ठाकुरबाबा नगरपालिकाले दियो सार्वजनिक बिदा


बर्दिया : ४४औं विश्व पर्यटन दिवस मनाउन आज बर्दियाको ठाकुरबाबा नगरपालिकाले सार्वजनिक बिदा दिएको छ।

मंगलबार सूचना जारी गरी नगर अस्पताल बाहेक अन्य सबै पालिका मातहतका कार्यालयहरुमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो।

नगरपालिकालेले सम्पूर्ण बिद्यार्थी, शिक्षक र कर्मचारीलाई अनिवार्य रुपमा कार्यक्रममा उपस्थिति हुन आग्रहपनि गरेका छन् ।

मेयर तिलकराम लम्सालले बिहान ११ बजेदेखि मन्दिर प्राङगणमा कार्यक्रम सुरु हुने जानकारी दिए ।

ठाकुरबाबा नगरपालिका, पर्यटन परिषद्, लुम्बिनीको आयोजनामा ठाकुरद्वारा–९ मा पर्यटन दिवस मनाउन लागिएको हुँदा पर्यटन दिवसको महत्व बुझाउन सार्वजनिक बिदा दिइएको लम्सालले बताए।

 

प्रतिक्रिया