बनेपामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


काभ्रे – काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. ७ धनेश्वरस्थित बनेपा पनौती रोडमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार हिजो वेलुकी करिब ९ बजे बनेपा– ७ धनेश्वर गेट नजिकै बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.८४ प ६९५९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा.४ ख.९९७५ नम्बरको टिपरले ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक रोशी गाउँपालिका–८ खार्पाचोकका ३९ वर्षीय सिद्धि कुमार लामा गम्भीर घाइते भई उपचारको लागि शीरमेमोरीयल अस्पताल बनेपा पठाएको र त्यहाँ उपचार हुन नसकेपछि काठमाडौंस्थित न्युरो अस्पतालमा रिफर गरेकोमा आज बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटना गराउने टिपर, टिपर चालक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया