

नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी

काठमाडौं – नेपाल मुस्लिम संघको अध्यक्षमा अतावुल मन्सुरी चयन भएका छन् ।
नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको संघको तेस्रो महाधिवेशनले मन्सुरीलाई निर्विरोध चयन गरेको हो ।
अध्यक्षमा मन्सुरसहित मोहम्मद निजामुद्दिनले मनोनयन दर्ता गराएका थिए । तर सहमतिका लागि भन्दै निजामुद्दिनले समर्थन गरेपछि उनी सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
उपाध्यक्षमा अहमद हुसेन, महासचिवमा प्रवेज आलम अंसारी, सचिवमा मो. अखतर शाकिर, कोषाध्यक्ष पदमा अब्दुल करिम निर्वाचित भएका छन् ।
संघमा ८७ जनाको कार्यसमिति रहने व्यवस्था छ । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

