

केन्द्रीय कारागारमा शेखर कोइरालाले भेटे बालकृष्ण खाँड

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँडलाई भेटेका छन् ।
आज (शनिबार) बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाँडलाई भेटेका हुन् ।
भेटका क्रममा नेता कोइराताले खाँणको मुद्दा र समसामयिक विषयमा कुराकानी गरेको जनाइएको छ । बिहान ९ बजे कारागार पुगेका नेता कोइरालाले खाँणसँग झण्डै आधा घण्टा कुराकानी गरेका थिए ।

