

नेपाल भियतनामसँग २–० ले पराजित

काठमाडौं – एसियाड अन्तर्गतको खेलमा नेपाली महिला टिम भियतनामसँग पराजित भएको छ ।
पहिलो हाफमा उत्कृष्ट खेल खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा २ गोल खान पुगि खेलमा २–० ले पराजित हुन पुग्यो । भियतनामले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।
नेपालका लागि अन्तिम मिनेटमा साबित्रा भण्डारीले उत्कृष्ट प्रहार गरेकी थिइन् ।
यसपछि नेपालले अर्को खेल जापानसँग खेल्ने तालिका रहेको छ । नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

