माईतीघर मण्डलामा शिक्षकहरूको आन्दोलन, यातायात अस्तव्यस्त


काठमाडौँ – विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।

राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।

राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो ।

आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।

महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।

प्रतिक्रिया