कोशी सरकारले कर्मचारीलाई दैनिक दुई सय खाजाभत्ता दिने


विराटनगर – कोशी प्रदेश सरकारले सरकारी कर्मचारीको दैनिक खाजा भत्ता बढाएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को आज (आइतबार) बसेको बैठकले प्रदेश सरकारका कार्यालयमा कार्यरत कर्मचारीलाई विद्युतीय हाजिरीको आधारमा उपस्थिति भएका दिन दैनिक दुई सयको दरले खाजा भत्ता दिने निर्णय गरेको हो ।

दैनिक एक सयको दरले दिँदै आएको खाजाभत्ता एक सय रपैयाँ थप गर्दै विद्युतीय हाजिरीका आधारमा उपस्थिति भएका दिन दुई सयको दरले दिने निर्णय गरेको हो। संविधानसभाका अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको दुःखद र असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय समेत गरेको छ।

प्रदेश सरकारका मन्त्रालय, आयोग र निकायहरूको आर्थिक वर्ष २०८०.०८१ को अस्थायी संगठन संरचनाका दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाकार महेन्द्र विष्टले जानकारी दिए।

उनका अनुसार संघीय सरकारको वन मन्त्रालयअन्तर्गतका कोशी प्रदेशमा कार्यरत ७४ जना फरेस्टर (खरिदार सरह) लाई संघीय सरकारले अनुमति दिएमा प्रदेशमा समायोजन गर्न कोशी प्रदेश सरकार तयार रहेको जानकारी संघीय सरकार गराउने समेत निर्णय भएको छ।

प्रतिक्रिया