

नेम्वाङ परिवारलाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

काठमाडौं – नेकपा (एमाले) का सांसदहरुले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जलि तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जलि दिँदै तथा परिवारमा समवेदना गरेका हुन् ।
पार्टी उपाध्यक्ष पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएको समवेदना पत्र पढेर सुनाए सांसद दीपा शर्माले जानकारी दिए । समवेदना दिन एमालेका सबै सांसद जानेका थिए । नेम्वाङको गत सोमबार हृदयघातका कारण निधन भएको थियो ।

