गैह्रीगाउँ हत्या प्रकरणः हत्या आशंकामा एक जना पक्राउ


काठमाडौं – काठमाडौंको गैह्रीगाउँको हत्या प्रकरणमा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ परेका छन् ।

प्रहरीले हत्याको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।

शुक्रबार राति दिव्य स:मिलमा चार जनाको हत्या भएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको छ । थप अनुसन्धानका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी परिसर काठमाडौंको टोली खटिएको छ ।

घटनाको यकिन कारण खुलेको छैन ।

प्रतिक्रिया