

नेकपा एसको कार्यविभाजनमा हेरफेर, तोकिए प्रदेश र जिल्लाका इन्चार्ज-सहइन्चार्ज

काठमाडौं — माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ ।
केन्द्रीय कमिटीको भदौ ५ देखि ७ सम्म बसेको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जनाइएको छ ।
केन्द्रीय सचिवालयको ६६ औँ बैठकले यस पटक सङ्घीय निर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इञ्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको छ ।
अध्यक्ष नेपालले पार्टी कामको नेतृत्व गर्ने र महासचिव घनश्याम भुसालले समग्र साङ्गठनिक कामको अनुगमन र मोर्चा सङ्गठनका कामको विशेष अनुगमन गर्ने जिम्मेवारी दिएको छ ।
बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चार्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला/विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

