भारतले श्रीलंका सामू प्रस्तुत गर्‍यो २१४ रनको लक्ष्य


काठमाडौं – एसिया कप क्रिकेटमा भारतले श्रीलंकालाई २१४ रनको लक्ष्य दिएको छ।

कोलम्बोमा टस जितेर ब्याटिङ रोजेको भारतले अन्तिम ५ बल खेल्नुअघि सबै १० विकेट गुमाएर २१३ रनको लक्ष्य प्रस्तुत गरेको हो। पहिलो विकेटका लागि रोहित शर्माले र शुभमन गिलले ८० रनको साझेदारी गरेका थिए।

डुनिथ वेलालेजले त्यो साझेदारी तोडेका थिए। त्यसपछि वेलालेज र चरित असलांकाले निरन्तर विकेट लिएपछि भारतका ब्याट्सयानले ठूलो साझेदारी गर्न सकेनन्।

रोहित शर्माले सर्वाधिक ५३ रन बनाए भने केएल राहुलले ३९, इशान किसनले ३३ रन बनाए। वेलालेजले ५ र असलांकाले ४ विकेट लिए। घरेलु टोलीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया