
वर्षाले नेपाल र भारतबीचको खेल रोकियो
काठमाडौं – एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ।
सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७।५ ओभरमा ब्याटिङ गर्दा वर्षा भएपछि खेल रोकिएको हो।
३७।५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ। नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन्।



कागजपत्र |
