नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलंका गए रवि लामिछाने दम्पती, बालेन पनि जाँदै


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एसिया कपमा नेपालको दोस्रो खेल हेर्न श्रीलंकातर्फ लागेका छन् । उनी पत्नी निकिता पौडेल र पार्टीका सहयोगी दीपक बोहरासहित प्रस्थान गरेका हुन् ।

पहिलो एसिया कप खेलेको नेपालले समूहचरणको दोस्रो खेल भोली विश्वक्रिकेटको महाहस्ती भारतसँग खेल्दैछ । भोलिको खेलमा विजयी हुने टिम दोस्रो चरणमा पुग्नेछ ।

नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल बर्षाका कारण अवरूद्ध भएपछि दुवैले अंक बाँडेका छन् ।

यसरी नेपालले भोली भारतबिरूद्ध जित हात पारे दोस्रो चरण पुग्नेछ ।

यसैबीच भोली हुने खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि श्रीलंका जाने भएका छन् ।

 

प्रतिक्रिया