गल्तीलाई सुधारेर रूपान्तरण अभियानमार्फत आजबाट जनतामाझ गएका छौ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले गरेको गल्तीलाई सुधारेर आत्मआलोचनासहित आजबाट रूपान्तरण अभियानमार्फत जनतामाझ गएको बताएका छन् ।

शनिबार बिहान जनतासँग माओवादी : विशेष रूपान्तरण अभियानको पार्टी केन्द्रीय कार्यालयबाट उद्घाटन गर्दै अध्यक्ष दाहालले नेपाली समाजको परिवर्तनका लागि पार्टीले गरेको संघर्ष र नेतृत्वको चर्चा गर्दै पार्टीले बाटो विराएकाप्रति आजबाट आत्मालोचना गरेर जनतामाझ गएको बताए । उनले आफूहरू सुध्रिन चाहेको कुरा जनतालाई बताएरै माफी माग्न आग्रह गरे ।

उनले भने, ‘हामीले जनतालाई विश्वास दिलाउनु पर्दछ, नेपाली समाजको परिवर्तन र रूपान्तरण माओवादीले नै गर्न सक्दछ । माओवादीकै नेतृत्वमा मात्रै संमृद नेपाल सम्भव छ । कमरेडहरू जनतासँग हामीले भन्न सक्नुपर्छ हाम्रा गल्ती कमजोरीका लागि हामी आत्माआलोचित हुन चाहन्छौं। हामी सुध्रिन चाहन्छौं । त्यसका लागि अभियानसहित तपाईँहरूको घरदैलोमा छौ ।’

प्रतिक्रिया