


आईसीसी महिला टी–२०ः नेपाल र बहराईन भिड्दै, २३ रनमा बहराइनले गुमायो ४ विकेट

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप छनौटअन्तर्गतको दोस्रो खेलमा नेपालले बहराइनको सामना गरिरहेको छ ।
मलेशियामा जारी खेलमा बहराइनले पहिले ब्याटिङ गरिरहेको छ । पछिल्लो अपडेटअनुसार बहराइनले ९ ओभरमा २३ रन बनाउँदा ४ विकेट गुमाइसकेको छ ।
नेपालका लागि कविता कुँवरले ४ ओभरमा ७ रन दिएर १ विकेट लिइसकेकी छिन् भने पुजा महतो र इन्दु बर्माले पनि समान १/१ विकेट लिएका छन् ।

