

चीनले जारी गरेको नक्साप्रति बालेनको आपत्ति, चीन भ्रमण नजाने निर्णय

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले चीनले हालै प्रकाशित नक्साको विरोध गर्दै चीनको भ्रमण रद्ध गर्ने निर्णय गरेका छन् ।
सामाजिक सञ्जाल मार्फत् मेयर बालेनले २०७७ सालमा नेपालले निकालेको चुच्चे नक्सालाई हटाएर चीनले बुच्चे नक्सामा परिणत गरेकोमा विरोध जनाउँदै चीनको निमन्त्रणमा जान लागेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको बताएका छन् ,
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौ ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।
नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

