लोसपाले मनायो स्थापना दिवस


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झण्डोत्तोलन गरेको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गरे । लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए ।

सो अवसरमा लोसपाका अध्यक्ष ठाकुरले आफूहरुले उठाउँदै आएको मुद्दा सम्बोधन नभएसम्म एकताबद्ध भएर थप पहलकदमी लिन जरुरी भएको बताएका थिए । उनले पार्टी स्थापनाका अवसरमा नेता कार्यकर्ताबीच आपसी भाइचारा र सहअस्तित्व कायम गरी राजनीतिक विचारधाराको सम्वद्र्धनमा सक्रियरुपले लाग्न पनि आग्रह गरे । कार्यक्रममा लोसपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया