
एमालेको बिष्णुपरकट्टीमा राखेको सचिवालय बैठक स्थगित
काठमाडौं – नेकपा एमालेको भोलि (शनिबार) सिरहाको बिष्णुपरकट्टीमा बोलाएको सचिवालय बैठक स्थगित भएको छ ।
मदन भण्डारीलाई महासचिव चुन्ने पञ्चायतकालमा भएको चौथो महाधिवेशन आयोजनास्थलमा एमालेले सचिवालय बैठक बोलाएको थियो ।
तर निरन्तर वर्षा भएका कारण बैठक स्थगित गरिएको एमालेले जनाएको छ । एमालेले सचिवालय बैठक स्थिगित भएपनि अबको बैठकका लागि अर्को मिति र स्थान भने तोकिएको छैन ।
सचिवालय बैठकका लागि अध्यक्ष केपी शर्मा ओली आज विराटनगर गैसकेका छन् । उनले आज विराटनगरस्थित विराट दरवारकाे अवलाेकन गर्ने कार्यक्रम रहेकाे थियाे । अध्यक्ष ओली भाेली सिरहा जाने तयारी थियाे ।



कागजपत्र |
