
कीर्तिपुरमा चितुवाको आक्रमणमा परी एक जना घाइते
काठमाडौं – राजधानीको कीर्तिपुरमा चितुवाको आक्रमणमा परी एक जना घाइते भएका छन् ।
कुखुरा पालन गरेको ठाउँमा राति कुर्न बसेका एक व्यक्तिलाई चितुवाले आक्रमण गरेर घाइते बनाएको र उनको अवस्था सामान्य रहेको कीर्तिपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष दिनेशचन्द्र दाहालले जानकारी दिए । घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।
चितुवा कुखुराको खोरभित्रै थुनेर राखिएको छ । उक्त चितुवाको उद्धार गर्न डिभिजन वन कार्यालयको प्राविधिक टोली त्यसतर्फ जाँदै छ ।



कागजपत्र |
