

वृक्षारोपणमा अवरोध गर्ने जग्गाधनीविरुद्ध हर्क साम्पाङले दिए उजुरी

काठमाडौँ – धरानका मेयर हर्क साम्पाङले आफूमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीसमक्ष उजुरी दिएका छन् ।
वृक्षारोपण गर्न जाँदा अवरोध गर्ने जग्गाधनीविरुद्ध मेयर साम्पाङले उजुरी दिएका हुन् ।
मेयर साम्पाङले रोजिना अधिकारी र रोशन अधिकारीविरुद्ध जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डिएसपी) राज कुमार राईले जानकारी दिए । उनले घटनाको विषयमा अनुसन्धान भइरहेको बताए ।
साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा व्यक्तिगत जग्गामा दलबलसहित गएर वृक्षारोपण गरेका थिए ।

