
कैलालीमा नालामा डुबेर एक वृद्धाको मृत्यु
धनगढी – कैलालीमा सोमवार नालामा डुबेर एक वृद्धाको मृत्यु भएको छ।
जिल्लाको जोशीपुर गाउँपालिका–१ की ६० वर्षीया वेलासी डगौराको नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही वडामै रहेको सुगुवा नालामा माछा मार्ने क्रममा पानीमा डुबेर डगौराको मृत्यु भएको हो। साथै उक्त घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
