प्रहरीका पाँच एसएसपीको सरुवा, काठमाडौंमा भुपेन्द्र खत्री र अपराध अनुसन्धानमा सोमेन्द्र सिंह


काठमाडौं – सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एसएसपी सरुवाको निर्णय गरेका हुन् ।

सरुवा सुचीअनुसार काठमाडौं प्रहरी प्रमुखमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी भुपेन्द्र बहादुर खत्रीको सरुवा भएको छ।

त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रमुखमा राष्ट्रिय सुरक्षा परिषदमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ ।

त्यस्तै अपराधमा महाशाखामा रहेका डा. मनोज कुमार केसीको महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालय, सानुराम भट्टराईको राष्ट्रिय सुरक्षा परिषद सचिवालय र काठमाडाैं प्रहरी प्रमुखमा रहेका दान बहादुर कार्कीको प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा भएको छ ।

प्रतिक्रिया