विराटनगरमा ओली समूहले जनसभा गर्दै, प्रधानमन्त्रीलगायत शीर्ष नेताले सम्बोधन गर्ने


विराटनगर – आज शनिबार नेकपा ओली समूहले विरारटनगरमा विशाल जनसभाको आयोजना गर्दैछ । यसअघि काठमाडौँ बुटवल लागायत स्थानमा बृहत आमसभा गर्दै आएको सो समूहले आज प्रदेश १ को राजधानीमा जनसभा गर्न लागेको हो ।

विराटनगरमा हुने कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित गृहमन्त्री रामबहादुर थापा, नेता सुवास नेम्वाङ, प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायत नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रिय सदस्य विनोद ढकालले जानकारी दिए । उनका अनुसार विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको सबै काम पूरा भएको छ ।

कार्यक्रम सफल बनाउन नेकपाका प्रदेश अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १ सय ११ सदस्यीय जनपरिचालन मूल कमिटी गठन गरेको थियो । सभामा मोरङ, सुनसरी, झापा, इलाम, धनकुटा, भोजपुर र उदयपुरबाट नेता(कार्यकर्ताको सहभागिता रहने बताइएको छ । यसअघि दाहाल नेपाल समूहले विराटनगरमा सडक नै अवरुद्ध गराएर सभा गराएको थियो भने नेकपा ओली समूहले प्रदर्शनी स्थलमा सभाको आयोजना गरेको छ ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगाममी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषण गरेसंगै दुई समुहमा विभाजित नेकपा एक समुहलाई प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेका छन् भने अर्को समुहलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेका छन् ।

दुइृ समुहमा विभाजित सत्ता पक्षको समुह(ओली नेतृत्वको नेकपा) ले मध्यावधी निर्वाचनको प्रचार प्रसारको लागि आमसभा गर्दै आएका छन् भने प्रतिनिधिसभा विघटनबाट असन्तुष्ट नेकपा दाहाल नेपाल समुह प्रतिनिधिसभा पुनस्थापनागर्नुपर्ने माग गर्दै विरोध सभा गर्दै आएका छन् । हाल उक्त दुबै समुहमा जनप्रदर्शनको होड नै चलेको छ ।

प्रतिक्रिया