बागेश्वर बाबा भेट्न होटलमै पुगे गृहमन्त्री श्रेष्ठ र परराष्ट्रमन्त्री साउद


काठमाडौं – भारतीय धर्मगुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ सँग गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले भेट गरेका छन् ।

हिजो राति अबेर सानेपास्थित होटल भिवान्तामै पुगेर दुई मन्त्रीले बागेश्वर बाबासँग भेट गरेका हुन् ।

स्रोतका अनुसार होटलको एउटा कक्षमा शास्त्रीले मन्त्रीद्वयलाई गोप्यरूपमा भेट दिएका थिए । गृहमन्त्रीलाई भेटका लागि राति ९ बजेको समय दिइएको थियो । मन्त्री श्रेष्ठले शास्त्रीलाई भेट्न केहीबेर प्रतिक्षासमेत गर्नुपरेको बुझिएको छ । उनी राति साढे १० बजेतिर बाहिरिएका थिए ।

भेटमा शास्त्रीले गृहमन्त्रीलाई नेपाललाई पुन: हिन्दु राज्य बनाउन पहल गर्न सुझाव दिएको स्रोतको भनाइ छ । शास्त्रीले आजै प्नधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दै छन्। प्रधानमन्त्रीसँगको भेटपछि उनी आजै नवलपरासीस्थित शाश्वत धाममा हनुमान प्रवचन दिन त्यहाँ जानेछन् ।

प्रतिक्रिया