बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गयो


अछाम – अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

हिजो बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीय धनबहादुर बुढाले बताए ।

अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको बुढाले बताए । उनका दुई छाेरी र एक छाेरा छन् ।

प्रतिक्रिया