‘उच्चस्तरीय छानविन समिति गठन गर्न नगर्दा सुनको तौल ६१ किलोमा झर्‍यो’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएर सुनको तौल घटेको बताएका छन्।

एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा गरेको वर्तमान आर्थिक अवस्था-समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने माग गर्दा त्यसलाई अस्वीकार गरेर सुनको तौल नै घटेको बताए।

उनले सरकारको छानविन आयोग बन्न नदिएको सफलता सय किलोबाट घटेर ६१ किलोमा झरेको बताए। उनले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्योभन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने आशंका गरे।

उनले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको तर्क गरे। ओलीले कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खाजेको बताए।

‘एउटा सांसदलाई न पक्राउ पूर्जी छ, न केही छ। कुनै आरोप स्थापित पनि छैन। स्वच्छाचारी ढंगले पक्राउ गरेको छ। सुनल शर्माको केस त नमूनामात्र हो। सिटिङ एमपीलाई समातेर सरकारले दुनियाँलाई तर्साउने खोजेको छ,’ उनले भने।

प्रतिक्रिया