
जाँदाजाँदै निवर्तमान मन्त्री मोदीले गरे ४५ बुँदे कार्यप्रगति विवरण सार्वजनिक
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अमनलाल मोदी बिदा भएका छन् । माओवादी केन्द्रको निर्णयअनुसार उनलाई फिर्ता बोलाएर जनमतलाई सो मन्त्रालय दिइएसँगै मोदी सोमबार मन्त्रालयबाट औपचारिक रुपमा बिदा भएका हुन् ।
मन्त्रालयमा आयोजित बिदाइ पत्रकार सम्मेलनमा मोदीले आफ्नो कार्यकालमा गरेका ४५ बुँदे कार्यप्रगति सार्वजनिक गरे । जसमा संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदा मन्त्रिपरिषद्मा पेश गरिएको उल्लेख गरिएको छ ।
यस्तै निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेश गरिएको, केबुलकार निर्माण तथा सञ्चालन सम्बन्धी नमुना कार्यविधि तयार गरिएको, विभिन्न स्थानीय तहमा स्थलगत रुपमा कार्यसम्पादन सहजीकरण गरिएकोलगायत ४५ बुँदामा मोदीले आफ्नो कार्यप्रगति सार्वजनिक गरेका छन् ।
उक्त अवसरमा मोदीले प्रधानमन्त्रीले देशका लागि उल्लेखनीय काम गर्दै आएकोले प्रधानमन्त्रीको स्प्रीटमा आफू पनि रहेको बताए ।







कागजपत्र |
