जनमतकी साहको सपथ आज


काठमाडौं – जनमत पार्टीकी सांसद् अनितादेवी साहलाई सोमबार (आज) बिहान शपथ गराउने तयारी गरिएको छ । साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

साहलाई सोमबार बिहान १० बजे शपथ गराउने कार्यक्रम रहेको छ । जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो ।

प्रतिक्रिया