
अविरल वर्षापछि आएको पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
लमजुङ – अविरल वर्षापछि आएको पहिरोले मनाङ जोड्ने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।
शनिबारदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडक खण्ड अवरुद्ध भएको हो ।
सो सडक खण्डको बेँसीसहर नगरपालिका–६ को खरखरे भिर, चनौटे, पुमाखोलालगायतका स्थानमा पहिरो गएको बाटो अवरुद्ध भएको छ ।
मर्स्याङ्दी गाउँपालिका–६ र ७ मा पर्ने बालुवा भन्ने ठाउँमा पहिरोसहित ठुला चट्टान आएर बाटो अवरुद्ध भएको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास असफल भइरहेको छ । निरन्तरको वर्षाले पहिरो खुलाउन कठिनाइ भइरहेको छ ।



कागजपत्र |
