नक्कली डाक्टर प्रकरणः ललितपुरकी सिल्पकार पक्राउ, अहिलेसम्म यी ६ परे पक्राउ


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नक्कली प्रमाणपत्र रहेको भन्दै अर्की एक डाक्टरलाई पक्राउ गरेको छ ।

सिआईबीले धापासीस्थित इशान हस्पिटलकी डाक्टर श्रद्धा सिल्पकारलाई पक्राउ गरेको हो।

सीआईबीले कथित ‘नक्कली डाक्टर’ माथि चलाएको अपरेसनमा अहिलेसम्म एक सांसदसहित ६ जना पक्राउ परेका छन्। ‘अपरेसन फक्सट्रट’ नाम दिएर सीआईबीले चलाएको अपरेसनमा बिहीबार दिउँसो प्रतिनिधि सभाका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।

त्यसपछि त्रिवि शिक्षण अस्पतालका डा. अमित चौधरीलाई त्यस्तै सिआईबीले डा रामबाबु यादव, डा. एरिना यादव, डा. अमृत चौधरी र डा रञ्जितकुमार यादव पक्राउ परेका छन्।

 

प्रतिक्रिया