भारतमा कार दुर्घटना हुँदा एकै घरका ६ नेपालीकाे मृत्यु


काठमाडौं – भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगञ्जका ६ जनाको मृत्यु भएको छ।

नेपालगञ्जको त्रिभुवनचोकका एसकुमार वाचका सञ्चालक सन्तोषकुमार गुप्ताका छोरा र छोरी, दिनेश गुप्ताको छोरा, बुहारी र दुई बच्चाको मृत्यु भएको हाे।

कार चालकको उपचार भइरहेको छ। शनिबार राति छाडा पशुलाई बचाउने क्रममा कार अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ ।

कारमा सन्तोषकुमार गुप्ताको श्रीमती सीता पनि गएकी थिइन्। उनी बलरामपुरमा झरेको आफन्तीले बताएका छन्।

घटना थाहा पाएलगत्तै नेपालगञ्जबाट आफन्तीहरू श्रावस्ती गएका छन्।

प्रतिक्रिया