परे सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न- प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार झन् मजबुत हुँदै गएको बताएका छन् । आजबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई ब्रिफिङ गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन सरकारले गरेको राम्रो काम देखेर विविध तवरबाट घेराबन्दी भने जारी रहेको बताउ ।

प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्षसमेत रहेका दाहालले प्रतिवेदन पेस गर्दै पछिल्लो घटनाक्रमबारे बोलेका हुन् ।‘ गठबन्धन बलियो हुँदै गएको छ‚’ उनले भने, ‘सरकारले राम्रो काम गर्दै गएको हुनाले घेराबन्दी भने जारी छ ।’

उनले समाजवादी मोर्चा बनेको र त्यसले पनि काम गर्नका लागि झन् सहज भएको बताए । उनले भ्रष्टाचार र सुशासनको अभियान सरकारले चलाइरहेकाले यो अभियान नरोकिने उल्लेख गरे । उनले छोड्न परे सरकार छोड्न तयार रहेको तर भ्रष्टाचार र सुशासनको अभियान नछोड्ने बताए ।

 

प्रतिक्रिया